आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 57
    SHARES

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताहरूका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पु¥याइएको छ ।

भौगोलिक विकटता र अवरुद्ध सडक सञ्जालका कारण ड्रोनको प्रयोग गरी सामग्री ढुवानी गरिएको हो । सिजाङको आपत्कालीन व्यवस्थापन विभागकारअनुसार शुक्रवार अपराह्न करिब ४ः३० बजे पहिलो व्यावसायिक उद्धार टोली विपद् प्रभावित मुख्य क्षेत्रमा पुगेको थियो । माथिल्लो तटीय क्षेत्रमा बनेको कृत्रिम ताल (ब्यारियर लेक), निरन्तरको मुसलधारे वर्षा र सडक तथा सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको अधिकारीहरूले जनाएका छन् ।

शनिवार बिहान १ बजेसम्मको पछिल्लो तथ्याङ्कअनुसार उक्त क्षेत्रमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५५४ जना अझै बेपत्ता रहेका छन् । सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि उद्धार टोलीलाई आवश्यक खाद्यान्न तथा उपकरणहरू ड्रोनमार्फत उपलब्ध गराइएको हो । बेपत्ताहरूको खोजी र राहत कार्यलाई तिब्रता दिन स्थानीय प्रशासनले थप जनशक्ति परिचालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)