शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद् बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०८३
  • 39
    SHARES

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकमा समसामयिक विषयसँगै गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा सरकारको तर्फबाट खोज तथा उद्धार, राहत वितरण र उपचारका काम निरन्तर भइरहेका छन्। प्रभावित नागरिकको व्यवस्थापन तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा बैठकले आवश्यक निर्णय गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री शाहले बाढीबाट उत्पन्न परिस्थितिको निरन्तर अनुगमन गर्दै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै आउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)