सोमवार, अशोज ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान


  • माउन्टेन खबर
  • सोमवार, अशोज ५, २०८३
  • 32
    SHARES

काठमाडौं । चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि रु एक करोड १० लाख प्रदान गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

 

त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)