सोमवार, अशोज ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलत: अध्यक्ष बज्राचार्य


  • माउन्टेन खबर
  • सोमवार, अशोज ५, २०८३
  • 36
    SHARES

काठमाडौँ – नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले बजारमा आपूर्ति शृङ्खला आएको समस्या र मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिन नहुने बताउनुभएको छ ।

 

 

 

सोमवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आयोजना गरेको ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य परिवर्तनको प्रभाव खुद्रा व्यवसायमा देखिने भएको कारण उपभोक्ता र सञ्चारमाध्यमको आलोचना पनि खुद्रा व्यापारीले नै खेप्नुपरेको बताउनु भयो । उहाँले आपूर्ति प्रणालीमा देखिएको समस्याका कारण पुरानो स्टक र नयाँ स्टक एउटै पसलमा फरक पनि मूल्यमा विक्री हुने अवस्था आएको बताउनु भयो । उहाँले बजारमा आपूर्ति अभावको गलत सूचना फैलिँदा उपभोक्ताले आवश्यकताभन्दा बढी सामान सञ्चित गर्ने र त्यसले वस्तुको वास्तविक अभाव सिर्जना गर्नेतर्फ सबै पक्ष सचेत हुन आवश्यक रहेको पनि बताउनु भयो । अध्यक्ष बज्राचार्यले आपूर्ति प्रणालीमा उत्पादक, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यापारी सबै तहको भूमिका रहने भएकाले समस्या उत्पन्न हुँदा जिम्मेवारी पनि सबै पक्षले लिनुपर्नेमा जोड दिनुभयो । उहाँले आपूर्ति शृङ्खलाको कुनै एक तहमा समस्या आएको त्यसको प्रभाव समग्र व्यापार चक्रमा पर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खुद्रा पसलमा सामान किन्न गएपछि थाहा पाउने अनि खुद्रा पसलमा किन्न गएपछि महँगो भएपछि गाली खाने को हो त ? खुद्रा व्यापारी नै गाली खाने हो ।  अहिले यति फास्ट प्राइस चेन्ज भइराखेको छ कि अनि उपभोक्तावादी संस्थाहरूले, पत्रकारले भन्छ ए पसलै पिच्छे भाउ फरक छ भन्छ । अनि मैले भन्ने गर्छु पसलै पिच्छे होइन, मेरै पसलमा पनि दुइटा प्राइज छ, एउटै सामानको भन्छु । अहिले त हरेक चिजमा एमआरपी छ नि त । हुँदा खेरि एक महिना अगाडि आएको सामान छ भने त्यसको २ सय छ भने एक महिना पछि आउँदा खेरि २ सय २५ भइसकेर आउँछ । अब पुरानो सामानमा त मैले बढाए बेच्न मिलेन नि । त्यस कारण पनि यो चक्रमा समस्या आएको छ ।’

बजार अनुगमनमा सम्बन्धित व्यवसायी तथा स्थानीय तहबिच समन्वय नहुँदा निर्दोष व्यवसायी फस्ने गरेको पनि उहाँको तर्क छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)