सोमवार, अशोज ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केपी ओलीको नेतृत्वमा एमाले असफल भएको घामझैँ छर्लङ्ग छ: राजेन्द्र राई


  • माउन्टेन खबर
  • सोमवार, अशोज ५, २०८३
  • 35
    SHARES

काठमाडौं–  नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी असफल भएको दाबी गर्नुभएको छ ।
सोमवार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले एमालेको वर्तमान अवस्था र असफलताका कारणहरू जनताले नै प्रस्ट रूपमा देखिरहेको बताउनुभएको हो ।

सांसद राईका अनुसार पार्टीको आन्तरिक समीक्षा प्रतिवेदनले एमालेको हारका कारण र जिम्मेवार पक्षहरूलाई उजागर गरिसकेको छ । ओलीको नेतृत्वमा पार्टी असफल भएको हो वा होइन भन्ने प्रश्नमा राईले कुनै थप टिप्पणी गर्न आवश्यक नरहेको उल्लेख गर्दै ‘घामझैँ छर्लङ्ग’ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गतेको निर्वाचनमा जनताले हामीलाई सानो आकारमा खुम्च्याएका छन् । यसको कारण खोज्न वडा तहसम्म छलफल गरेर कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ। सो प्रतिवेदन अब केन्द्रीय कमिटीमा प्रस्तुत हुनेछ । सफल र असफल भएको कुरा त घामझैँ छर्लङ्ग छ, यसमा मैले बोलिरहनु पर्दैन, जनताले देखिरहेका छन् ।’ 

यसै गरी, राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ प्रकरणमा टिप्पणी गर्दै सांसद राईले लोकतन्त्रमा नागरिकले आफ्ना कुरा लेख्न र बोल्न पाउनुपर्ने भन्दै सरकारले गरेको गिरफ्तारीको विरोध गर्नुभयो । सरकारको यस्तो कदमलाई उहाँले ज्यादतीको संज्ञा दिनुभयो ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)