काठमाडौँ । नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एशियाली खेलकुदमा काँस्य पदक जितेको छ ।
२० औँ एशियाली खेलकुदमा महिला कबड्डीमा बिहीवार भएको समूह ‘बी’ को खेलमा नेपालले श्रीलंकालाई हराउककंदै सेमिफाइनलमा स्थान बनायो । नेपालले श्रीलंकालाई ३४–२५ ले हरायो । यसँगगै नेपाल समूह उपविजेताको रूपमा सेमिफाइनलमा पुग्यो । यससँगै नेपालले कम्तीमा काँस्य पदक सुरक्षित गरेको हो । अब नेपालले सेमिफाइनलमा भारत वा इरानसँग खेल्नेछ । भारतले समूहको अन्तिम खेलमा जिते नेपाल प्रतिद्वन्द्वी पाउनेछ । नेपालले गत १९ औं संस्करणमा पनि काँस्य पदक जितेको थियो । –न्युज एजेन्सी नेपाल
