बिहिबार, अशोज ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ८, २०८३
  • 35
    SHARES

काठमाडौँ। नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ महाधिवेशनअन्तर्गत आजसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ।

यस बीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टीको निर्वाचन समितिले सो अवस्थामा मौसम विभागले सूचना जारी गरेको सन्दर्भलाई पनि दृष्टिगत गरी यही असोज १० गतेका लागि तोकिएको प्रदेशसभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलताअनुसार गर्न यही असोज १३ गतेभित्र गरिसक्न निर्देश गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)