मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको दोस्रो स्थान निश्चित


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०७७
  • 892
    SHARES

लन्डन । रहिम स्टर्लिङले सिजनको आफ्नो तेस्रो ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले शनिबार ब्राइटनलाई ५–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थान निश्चित गरेको छ ।

सबैखाले प्रतियोगितामा सिटीका लागि स्टर्लिङले गरेको गोल संख्या २७ पुगेको छ । ब्राइटनविरुद्ध ग्याब्रिएल जेसस र बर्नार्डो सिल्भाले पनि गोल गरे । शनिबारको अर्को खेलमा तेस्रो स्थानमा रहेको चेल्सी भने सेफिल्ड युनाइटेडसँग ३–० ले पराजित भयो ।

त्यसमा डेविड म्याकगोल्डरिकले दुई गोल गरे । यससँगै सेफिल्ड शीर्ष ६ स्थानमा उक्लिन पनि सफल रह्यो । यस्तै लिभरपुल र बर्नलीले १–१ को बराबरी खेले । यो नतिजापछि लिभरपुलले एनफिल्डमा शतप्रतिशत जितको क्रमसमेत भ‌ंग हुन पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)