मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युवाबीच राम्रो पकड रहेका दिपक भट्टराईलाई प्रदेशसभामा टिकट दिँदा पौडेललाई विजय हुन सहज


  • माउन्टेन खबर
  • बुधबार, अशोज ५, २०७९
  • 1.5K
    SHARES

काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसका युवा नेता दिपक भट्टराईले तनहुँ क्षेत्र नं १ प्रदेश (क)बाट उम्मेदवारी दिने हुनुभएको छ ।

नेता भट्टराईले आगामी मंसीर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा उक्त प्रदेशसभामा आफ्नो उम्मेदवारी दिन लाग्नुभएको हो । देशव्यापी रुपमा स्वतन्त्र युवाको माहोल तातिरहेको बेलामा तनहुँमा भट्टराईले उम्मेवारी दिन लाग्नुभएको हो ।

तनहुँ क्षेत्र नं १ मा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्ने लगभग पक्कापक्की भएको बेलामा तनहुँका युवाबीच राम्रो पकड रहेका दिपक भट्टराईलाई प्रदेशसभामा टिकट दिँदा नेता पौडेललाई विजय हुन सहज हुने तनहुँका काँग्रेस नेताहरु बताउँछन् ।

तनहुँ काँग्रेसका एक सिनियर नेता भन्छन्,–“देशभर युवा र स्वतन्त्र उम्मेवार विजयी भइरहेका बेलामा नेता पौडेललाई जित्नका लागि प्रदेशसभामा युवालाई टिकट दिनुपर्छ,” । तनहुँमा संघीय निर्वाचन जित्नका लागि प्रदेशसभामा युवा उठाउनुपर्ने दवाव बढेसँगै नेता पौडेललाई प्रदेससभामा नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री युवा नेता दिपक भट्टराईलाई उम्मेदवारी बनाउन विकल्प नरहेको तनहुँका अर्को नेता बताउँछन् ।

नेविसङ्घ त्रिचन्द्र क्याम्पसको इकाई सभापति, स्ववियु सभापति, नेविसङ्घको केन्द्रीय सदस्य, नेविसंघको केन्द्रीय महामन्त्री बनिसक्नुभएका नेता भट्टराई तनहुँबाट काँग्रेसको १३ औँ र १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीसमेत बनिसक्नुभएको छ ।

नेता भट्टराईलाई काँग्रेसभित्र आश गरेका नेताको रुपमा लिईन्छ । तनहुँको क्षेत्र नं १ प्रदेश (क)मा भानु नगरपालिका र व्यास नगरपालिका पर्दछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }