शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परिक्षणको दायरा घटाएर कोभिड १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको कांग्रेसको आरोप


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ९, २०७७
  • 487
    SHARES

काठमाण्डौ। नेपाली कांग्रेसले सरकारले परिक्षणको दायरा घटाएर कोभिड १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्धारा गठित कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताउनुभयो ।

कोभिड १९ संक्रमण नियन्त्रणमा सरकारले गरेको काम सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक महतले सरकारले लकडाउन अन्त्य गर्न हठात निर्णय गरी भ्रामक प्रचार गरेको बताउनुभयो । सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

राजस्व उठाउन र लकडाउनबाट उत्पन्न समस्या समाधानको दायित्वबाट पन्छिन सरकारले हठातमा लकडाउन खोलेको स्पस्ट भएको महतले बताउनुभयो । उहाँले आर्थिक सामाजिक जीवन सहज बनाउन सबैले चाहेको तर त्यसका लागि सरकारले पूर्व तयारी गर्नुपर्नेमा हतारमा निर्णय गरेकाले जोखिम बढेको बताउनुभयो ।

पछिल्लो समय वीरगञ्ज, राजविराज लगायतका ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिएको स्पस्ट हुने महतले बताउनुभयो ।

समुदायमा फैलन सक्ने संक्रमणको नियन्त्रणका लागि सकरारले परीक्षण गर्ने, ट्रेसिङ गर्ने, उपचार र स्वास्थ्य उपकरणको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको सेवा र सुविधामा बढाउने काममा सरकार कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभयो । सरकारले होल्डिङ सेन्टर र क्वारेन्टाइनको मापदण्ड अनुरुप सञ्चालन गर्न गम्भिर नभएको बताउनुभयो ।

लकडाउनबाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रको समस्या समाधानमा नीतिगत घोषणा गरेको पनि कार्यान्वयनमा चासो नदेखाएको उहाँले बताउनुभयो । लकडाउन खोल्ने निर्णय गरेपछि नागरिकलाई संक्रमणको खतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने तर्फ सरकार गम्भीर नभएको बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)