बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा चीनमा राष्ट्रिय शोकको धोषणा


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २२, २०७६
  • 564
    SHARES

चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ ।

मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ ।

कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य परिषदले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान दश बजे तीन मिनेट मौनधारण गर्नुका साथै साइरन र घण्टीहरु बजाइने समाचारमा जनाइएको छ ।

चीनमा हालसम्म तीन हजार तीन सय मानिसको मृत्यु भएको छ । यसैबीच आज चीनमा क्विमिङ फेस्टिवलअन्र्तगत आफ्ना पुर्खा वा मृतक आफन्तहरुको स्मरण गर्ने गरिन्छ ।

चीनले यसअघि सन् २००८ मा दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा आएको भूकम्पमा परेर मृत्यु भएका ६९ हजार मानिसको सम्झनामा विश्वव्यापी रुपमा शोक मनाएको थियो ।(एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)