शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य सेवा सुरु


  • माउन्टेन खबर
  • बिहिबार, साउन १५, २०७७
  • 708
    SHARES

काठमाडौँ, १५ साउन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बन्दाबन्दीको समयमा बन्द रहेको स्वास्थ्य सेवा शुरु गरेको छ ।

अस्पतालले बुधबार एक विज्ञप्ति जारी कोभिड–१९ का कारण रोकिएको विस्तारित स्वास्थ्य सेवा र साधारण स्वास्थ्य सेवा शुरु गरेको जानकारी दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा रोहितकुमार पोखरेलले कोभिड–१९ का कारण चैत ६ देखि बन्द गरिएको उक्त स्वास्थ्य सेवा बुधबारदेखि शुरु गरिएको जानकारी दिए ।

उक्त सेवा शुरु गरेसँगै अब बिरामीले सहज रुपमा स्वास्थ्यसेवा लिन पाउने भएका छन् । त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा इमर्जेन्सी सेवा भने प्रदान गर्दै आइरहेको थियो ।

यसअघि त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा अस्पताल आउने कर्मचारी तथा डाक्टरलाई अनिवार्य पोशाक र माक्स लगाएर आउन सूचना जारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)