शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षाहरु तत्काल सञ्चालन नहुने


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २०, २०७७
  • 964
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षाहरु तत्काल सञ्चालन नहुने भएका छन् । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको भन्दै त्रिविले स्थगित परीक्षा तत्काल नगर्ने बताएको हो । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि त्रिविले तत्काल परीक्षाको निर्णय नलिने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयलका परीक्षा नियन्त्रकका स्वकीय सचिव दिपक पाण्डेले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णय अहिले नै गर्न सक्ने अवस्था नरहेको बताए । ‘अहिलेको प्रतिकुल समय छैन् । अनुकुल समय भयो भने यसको निर्णय लिन सकिन्छ ।’ उनले भने, ‘पहिले १२ कक्षाको परीक्षा हुनु पर्ने हो । त्यो कसरी हुन्छ । हामी हेर्छौ । त्यसपछि विश्वविद्यालयका रोकिएका परीक्षा गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छौं ।’

विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो । विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले पनि सोमबार सूचना जारी गर्दै भदौ पहिलो हप्तादेखि सञ्चालन गर्न लागेको परीक्षा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)