सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वरूपको स्वरमा आयो डा बस्ताकोटीको “एउटा प्रश्न”


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १५, २०८०
  • 384
    SHARES

स्वरूपको स्वरमा आयो डा बस्ताकोटीको “एउटा प्रश्न”

सुगम संगीतका लोकप्रिय गायक स्वरूप राज आचार्यको स्वरमा ” एउटा प्रश्न” बोलको गीत द टच क्रियसनले हालै सार्वजनिक गरेको छ। साहित्यकार डा ऋषि बस्ताकोटीको शव्द रचना र राजेश थापाको संगीत रहेको यो गीतको संगीत संयोजन निरोज लामाले गरेका हुन् भने ध्वनि मिश्रण चाहिं किशोर थापाको रहेको छ। गायक आचार्य स्वयम को अभिनय रहेको म्युजिक भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् भने सम्पादन बिनोद बमको रहेको छ। म्युजिक भिडियोको निर्देशन पुजा ठकुरीको रहेको छ।

गीतका रचनाकार बस्ताकोटी भन्छन, “जीवनमा धेरैलाई धेरै प्रश्न गरियो। यसपटक भने एउटा प्रश्न आफैलाई गर्न मन लाग्यो। अनि यो गीत जन्मियो। संगीतकार राजेश थापा र गायक स्वरूपराज आचार्यको हात परेपछि यो प्रश्नले अझ मुर्त रुप लियो।” गीत सार्बजनिक भएपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताउंदै गीतकार बस्ताकोटीले हेर्ने गीतको जमानामा यो गीत आँखालाई भन्दा पनि कान र मनलाई बढी केन्द्रित गरी बनाइएको प्रष्ट पारे उनले एक पटक सुनिदिनु हुन सबैजनामा अनुरोध गरेका छन् ।

जीवन दर्शन बोकेको गहन गीतमा सहकार्य गर्न पाएकोमा गौरव लागेको बताउंदै संगीतकार राजेश थापाले यसमा आफुले सकेको मिहिनेत गरेको बताउछन।

आफ्ना बिगतका सिर्जनामा जस्तै यस गीतमा पनि स्रोता/ दर्शकको माया पाउने कुरामा गायक स्वरूप राज आचार्य आशावादी छन्।
गीतको लिंक :

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)