शुक्रबार, बैशाख २१, २०८१

ऋतिक रोशनलाई उत्कृष्ट अभिनेताको उपाधि


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १४, २०८०
  • 151
    SHARES

एजेन्सी । आइफा २०२३ अवार्ड अन्तर्गत ऋतिक रोशनले चलचित्र ‘विक्रम वेधा’का लागि उत्कृष्ट अभिनेताको उपाधि जितेका छन् । शनिबार अबु धाबीमा भएको अवार्ड समारोहको संचालन विक्की कौशलले गरेका थिए । ऋतिकले अवार्ड जितेपछि विक्कीले उनलाई स्टेजमा नाच्न आग्रह गरे ।

यसपछि ऋतिक रोशनले फिल्म ‘कहो ना प्यार है’को गीत ‘एक पल का जीना’ मा स्टेजमा आफ्नो हुक स्टेप देखाए । यससँग सम्बन्धित भिडियो पनि सामाजिक सञ्जालमा बाहिर आएको छ ।

अवार्ड पाएपछि ऋतिक रोशनले छोटो मन्तव्य दिएका थिए । उनले भने – ‘वेधाको सुरुवात अबुधाबीमा नै भएको थियो । मैले यस फिल्मका लागि पहिलो शट यहाँ दिएँ । मलाई वेधासँगको मेरो जीवन जहाँ सुरु भयो त्यहीँ फर्किएजस्तो लाग्छ । वेधाले मलाई मेरो व्यक्तित्वको त्यो पक्ष देखाएको छ जसको बारेमा म आफै अनभिज्ञ थिएँ ।’

आइफा २०२३ मा गंगुबाई काठियावाडीका लागि आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । योसँगै अनिल कपूरले फिल्म ‘जुग जुग जियो’का लागि ‘बेस्ट एक्टर इन सपोर्टिङ रोल’को अवार्ड जिते । यस्तै, कमल हसनले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन इन्डियन सिनेमा’ अवार्ड पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }