आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली भाषामाथि खेलबाड किन ? 


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २३, २०७७
  • 1.2K
    SHARES

नेपाली भाषामाथि खेलबाड किन ?      – राम खत्री

 

देश र राष्ट्रिय भाषा सिक्काका दुई पाटा हुन् । एउटा पाटो विना अर्को कल्पना पनि गर्न सकिँदैन । नेपाली भाषा भएकैले नेपालको अस्तित्व रहेको छ । यदि नेपाली भाषा नहुँदो हो त हामीलाई विश्वले उत्तरी भारतकै रूपमा चिन्ने अवस्थाको रहने थियो । हाम्रो रहनसहन, हाम्रो रीतिरिवाज, मिल्दोजुल्दो खानपानले गर्दा जानकारी नहुनले त्यस किसिमको अनुमान गर्नु स्वाभाविकै हो ।

भाषाको कुरा जहिले पनि राष्ट्रसँग गाँसिएको हुन्छ । देशभित्र विभिन्न भाषाभाषी, जात, धर्म हुँदाहुँदै पनि राष्ट्रले एउटा राष्ट्रिय भाषाको घोषणा गरेको हुन्छ । जुन भाषा सबै जातजातिको लागि सरल, सहज र मिठासपूर्ण होस् । नेपालमा विभिन्न भाषाभाषी हुँदाहुँदै पनि आम नेपाली जनताका लागि नेपाली भाषा सरल, सहज र मिठासपूर्ण भएर नै राष्ट्रिय भाषा तथा सरकारी कामकाजको भाषाको रूपमा ग्रहण गरिएको हो ।

आप्mनो खासै भाषा नभएको देश जस्तै गायना वा एउटै देश भए पनि धेरै ठूलो जनसङ्ख्याले बेग्लै भाषा बोल्ने वा लेख्ने गरेको देशले सबैलाई मान्य भाषा अङ्ग्रेजीमा सरकारी कामकाजको भाषा स्वीकार गर्नु स्वाभाविकै हो । भारतको कुरा गर्दा दक्षिणी भारतका करोडौं जनताले हिन्दी भाषा बुभ्mदैनन् भने उत्तरतिर अङ्ग्रेजी नबुभ्mने अभैm करोडौं होलान् । त्यसैले भारतमा संवैधानिक मान्यता प्राप्त राष्ट्रिय भाषा नै पन्ध्रसोर थरीका छन् । त्यस्तो अवस्थामा सबैले धेरथोर जान्ने र बुझ्नसक्ने गाडीका नम्बर प्लेट बनाउँदा पूरै देशवासीलाई सरल र सहज हुनु स्वाभाविक हो ।

नेपाल पनि विविध भाषाभाषी, विविध जातजाति र धर्मले भरिएको देश हो । तर पनि नेपाली भाषा सरल र सबैले बुभ्mनसक्ने अवस्थामा भएकाले राष्ट्रले यसको उन्नति, विकास र विश्व विस्तारीकरणमा जोड दिँदै आप्mनो देशको गरिमा बढाउने काममा लागिपर्नु अहिलेको अवस्था हो । मान्छेको पहिचान भाषा तथा संस्कृतिले नै हुने हो धन वा निर्धनले होइन ।

अङ्ग्रेजीमा बोल्दैमा वा अङ्ग्रेजीमा साइनबोर्ड बनाउँदैमा वा अङ्ग्रेजीमा नम्बर प्लेट बनाउँदैमा देशको गरिमा र गौरव बढ्ने होइन । अङ्ग्रेजी भाषा जान्दैमा मान्छे ज्ञानी, विवेकशील र स्वाभिमानी पनि बन्दैन । अङ्ग्रेजी भाषा बोल्ने मुलुकका जनताहरूको लगनशीलता, इमानदारी तथा मेहनतले उनीहरूको विकासको गति तीव्र भएको हो । उनीहरू आप्mनो भाषाको विकास र विश्वविस्तारमा सदा लागिरहेकै छन् ।

नेपालको संविधानमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भनेर किटानीसाथ लेखिएको हँुदाहँुदै नेपालभित्र चल्ने सवारी साधनहरूको नम्बर प्लेट अङ्ग्रेजी भाषामा लेखिनुपर्छ भन्ने कुराको निर्णय गर्नु खोटपूर्ण थियो भने त्यसै निर्णयलाई नेपाल र नेपालीको हितमा सदासर्वदा काम गर्नेछु भनेर शपथ लिएका न्यायमूर्तिहरूले संविधानमा प्रष्ट लेखिएको कुरा र संविधानको मनसायलाई तोडमोड गरेर एकमतीय निर्णय दिनु संविधानको मर्म र नेपाली जनताको हितविरुद्धको निर्णय हो ।

साँच्चै भन्ने हो भने चारजना न्यायमूर्तिको त स्वविवेक पनि रहेनछ । उनीहरूले आप्mनो तर्क राख्ने साहस पनि गरेनन् किन ? एकजनाको निर्णयमा आप्mनो ठप्पा लगाए । यसबाट तीनओटा कुरा बुझ्नसकिन्छ । पहिलो, उनीहरू निर्णय लेख्नेको दास थिए । दासले मालिकका विरुद्ध बोल्न सक्दैन । दोस्रो उनीहरू कसैको प्रभावमा थिए । त्यसैले एउटाले लेखेको निर्णयलाई सदर गरिदिए । तेस्रो उनीहरूमा नेपालको संविधानको मर्म तथा नेपाली जनताका भावनाको ज्ञान थिएन । चाकडीकै भरमा त्यहाँसम्म पुगेका थिए होलान् ।

निर्णयका निमित्त आधार बनाइएका तर्कहरू (कुतर्क) बडो टीठलाग्दा देखिन्छन् । नेपाली राहदानी अङ्ग्रेजीमा बनेको छ, नागरिकता अङ्ग्रेजीमा बनेको छ सवारी चालक प्रमाणपत्र अङ्ग्रेजीमा बनेको छ । उपरोक्त तर्कका सम्बन्धमा विचार गर्ने हो भने ती तीनवटै प्रमाणपत्रहरू नेपालीहरू विदेशी मुलुकमा पुगेका बखतमा देखाउनुपर्छ । अङ्ग्रेजी भाषामा नभएका कारण त्यस्ता प्रमाणपत्रलाई अङ्ग्रेजीमा अनुवाद गरेर कानुन मन्त्रालय वा विदेशी नियोगहरूबाट प्रमाणित गराएपछि मात्र काम लाग्छन् । त्यसैले ती प्रमाणपत्रहरू अङ्ग्रेजीमा पनि बनाउँदा नेपाली जनतालाई विशेष सहयोग भयो । नेपाली जनताको हितमा काम भयो ।

नेपाली सवारी साधनहरू नेपालबाहेक अन्य कति मुलुकमा गुड्छन् । बिना अनुमति जान पाउँछन् कि पाउँदैनन् ? त्यस सम्बन्धमा केही तर्क देखिन्न । अङ्ग्रेजी भाषा नबोल्ने अन्य देशमा पनि सवारी साधनको नम्बर प्लेट अङ्ग्रेजीमा छन् भने तर्क बलियो र प्रमाणित थिएन । त्यसको लागि प्रमाणको आवश्यकता पर्दछ । उदाहरण दिइएका देशहरूबाट सरकारी औपचारिक पत्रहरू पेस गरिएका थिए ? एउटा दुइटा फोटोको आधारमा संविधानमा व्यवस्था नभएको भाषाको पक्षमा यति ठूलो निर्णय दिनु नेपाली जनताको अहित चाहनु हो, नेपाली जनताको भावनामा खेलबाड गरिएको हो ।

न्यायमूर्तिहरूले यस प्रकारको देश र जनताको हितविपरीत निर्णय दिँदै जाने हो भने एकदिन नेपाल राष्ट्रको अस्तित्वमाथि नै प्रश्नचिन्ह लाग्ने सम्भावना बलियो छ । सर्वोच्चको संवैधानिक इजलासको पैmसला बदर हुँदैन भनी निर्णयकर्ताहरू खुसी होलान् । यसमा संलग्न व्यापारीहरू खुसी होलान् तर नेपाल र नेपाली जनता यसबाट कदापि खुसी हुँदैनन् । यसबाट नेपालीको हित पनि हुँदैन ।

नेपाल र नेपालीको हितका निम्ति समर्पित प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको सशक्त नेतृत्वमा रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालद्वारा सञ्चालित अभियानमा पूर्ण सहमति जनाउँदै नेपाल र नेपाली जनताको हितका निमित्त निर्णय गर्ने नेपाल सरकार, सरकारी निकाय, त्यसका अधिकारी वा कार्यालय, न्यायालय सबैले यो फैसलाको संशोधन गर्नु अनिवार्य छ । यदि यसो गरिएन भने यसलाई अस्वीकार गरी नेपाली जनताले नै संशोधन गर्ने निश्चित छ । विदेशी नियोगका गाडीको नम्बर प्लेट अङ्ग्रेजीमा नै राखे पनि बाँकी सबै गाडीको नम्बर प्लेट नेपालीमा राख्दा नेपालको गरिमा र इज्जत बढ्छ । मान्छेबाटै गल्ती हुन्छ, सच्याउन पनि नमिल्ने होइन । यसर्थ यो फैसला तत्काल सच्याउनु जरुरी छ ।

राम खत्री

न्यूयोर्क अमेरिका ।

[email protected]

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }