बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २३, २०७७
  • 374
    SHARES

काठमाडौं , २३ भदौ। नेपालमा कोरोना भाइरसका संक्रमितहरुको निको हुने दर बढेको छ । गएको हप्तादिन मात्र अघिसम्म यो दर ५५ प्रतिशत मात्र रहेकोमा आज मंगलबार आइपुग्दा यो दर बढेर ६८.५ प्रतिशत पुगेको छ । त्यस्तै यो दर दिनप्रतिदिन बढिरहेको देखिएको छ ।

आजमात्र स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार गएको २४ घन्टामा निको हुनेको संख्या २ हजार २८७ जना छ । यो संख्या कैयौँ दिन यताको सबैभन्दा धेरै हो । हिजो यो संख्या १ हजार ८१४ थियो भने अस्ती अर्थात आइतबार १ हजार ८६४ रहेको थियो । यसरी दिनदिनै निको हुने व्यक्तिको संख्या बढेको छ ।

गत आइतबार निको हुने दर ६२ थियो भने हिजो यो दर बढेर ६५ प्रतिशत पुगेको थियो । त्यस्तै आज यही दरमा बृद्धि भएर ६८.५ प्रतिशत पुगेको बताइएको छ । यो बृद्धिलाई सकारात्मक रुपमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)