शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कक्षा १२ को परीक्षा: दशै अघि नै ३ हजार १ सय विद्यालयमा सञ्चालन गर्ने


  • माउन्टेन खबर
  • बुधबार, भदौ २४, २०७७
  • 684
    SHARES

काठमाडौं , २४ भदौ। राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा कोभिड–१९को नियन्त्रणको अवस्था हेरेर दशै लगत्तै र तिहारपछि परीक्षा लिन सकिने बोर्डले जनाएको छ । कोभिड–१९ को कारण स्थगित कक्षा १२ को परीक्षा गर्न तयार गरेको विकल्पमा कार्तिक लागेपछि हिमाली र केही उच्च पहाडी जिल्लामा परीक्षा लिन नसकिने निष्कर्ष बोर्डले निकालेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मन्त्रिपरिषदको बैठकले परीक्षाको विषयमा चाडै निर्णय गर्न आग्रह गर्नुभएको छ । उहांले भन्नुभयो–हामीसंग प्रशनपत्र उत्तरपुस्तिका तयारी अवस्थामा छ । विद्यालयमा पुर्याएर परिक्षा गर्न असम्भव देखिदैन । सय भन्दा कम विद्यार्थी भएका विद्यालयमा होम सेन्टर कायम गरी स्वाथ्य मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्न कुनै समस्या पर्दैन–उनले भने ।उनले यो साताभित्र बोर्डले प्रतिवेदन बुझाएर मन्त्रालय मार्फत चाडै मन्त्रिपरिषदले स्वीकृत दिए दशै अघि परीक्षा लिन सकिने बताए । तर अहिलेसम्म हेर्दै गरिएको प्रतिवेदन कहिले बुझाउने र दशै अघि परीक्षा लिने भन्ने विषयमा सम्भावना कम देखिएको छ । तीन दिन अघि बोर्डको बैठकमा मस्यौदाको विषयमा मत बाझिएको थियो । मत बाझिएपछि परीक्षा गर्ने मितिको विषय अन्योलमा परेको छ ।

अधिकांस सदस्यले अहिलेको अवस्थामा हचुवाको भरमा निर्णय गर्न नहुने बताएका थिए । उनीहरुले अध्ययन गरेपछि राय पेशगर्ने सोही आधारमा मन्त्रालयमा सिफारिस गर्ने बताएका थिए । बोर्डका अध्यक्ष प्राडा पौडेल र सदस्य सचिव दुर्गा अर्यालले तयार गरेको प्रतवेदनको विषयमा बोर्डका सदस्यसंग छलफल गरी त्यसको भोलिपल्ट मन्त्रालयमा पेशगर्ने योजना बनाएका थिए । अधिकांस सदस्यले मोडलको विषयमा अध्ययन गर्नुपर्ने बताएका थिए । सोही अनुसार बोर्डले सबैलाई प्रतिवेदन मेल गरिएको छ । बोर्डका अध्यक्ष प्राडा पौडेलले बोर्ड सदस्यले अध्ययन गनुपर्ने भनेपछि केही दिन बिलम्ब हुने बताए । उनले भने– उहाहरुले अध्ययन गरेर राय दिनुहुन्छ, बैठक बसेर निर्णय गर्नेछौ । कोभिड–१९ को कारण स्थगित परीक्षा दशैअघि पहिलो र दशै पछि दुई गरी तीन चरणमा सम्पन्न गर्ने तयारी गरेको थियो ।

हरियो संकेत पाएका अर्थात कोरोना संक्रमित नभएका हिमाली उच्च पहाडी जिल्लामा पहिलो, पहेलो संकेत गरिएको अर्थात कम संक्रमित भएका जिल्लामा दोस्रो र संक्रमित बढेका रातो संकेत भएका उपत्यका सहितका जिल्लामा संक्रमण कम भएपछि चरणबद्ध रुपमा परीक्षा सञ्चालन गर्ने उल्लेख गरेको थियो । दशैअघि गर्ने तयारी गरेका थियौ त्यो सम्भव नहोला जस्तो छ–बोर्डका एक सदस्यले भने । बोर्डले तयार गरेको प्रतिवेदन मन्त्रालयमा पुग्न कम्तिमा पनि एक साता लाग्ने भएको छ । एक सातापछि असोज महिना शुरु हुन्छ । मन्त्रालयले अध्ययन गरी आफ्नो राय दिन समय लाग्ने र त्यसो गर्दा कम्तिमा पनि एक साता लाग्ने देखिएको छ । तर बोर्डका अध्यक्ष पौडेलले एक हप्ताभित्र सबै निर्णय गरी १५ दिनको सूचना जारी गरी परीक्षा लिन सकिने जिकीर गरे ।

बोर्डले कक्षा १० को जस्तो विद्यालयलाईनै जिम्मा दिने विकल्प हटाएको छ । माध्यामिक तहको अन्तिम परीक्षा भएकोले केही अधिकार बोर्डसंग निहीत हुनुपर्ने तर्क सबैको रहेको छ । बोर्डले होम सेन्टर कायम गरी चरणबद्ध परीक्षा लिने विषयलाई उच्च प्राथमिकता दिएको छ । त्यसपछि ५० पुर्णाङकको प्रश्न निर्माण गरी ओपन वुक परीक्षालाई बढी जोड दिएको छ । ओपन बुक अन्तर्गत विद्यार्थीले प्रश्नपत्र पाएपछि घरमै बसेर परीक्षा दिने केही दिनभित्र उत्तर पुस्तिकालाई विद्यालयमा पु¥याउने र विद्यालयले परीक्षण गरी परीक्षण अंक बोर्डमा पठाउने उल्लेख छ । बोर्डले आवश्यकताको आधारमा विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने व्यवस्था सहितको विकल्पलाई होमसेन्टर पछि कार्यन्वयन गर्ने पक्षमा बोर्ड रहेको छ । नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)