काठमाडौं,२७ भदौ। कोरोना महामारीका बेला मानव स्वास्थ्यमा असर गर्ने खालको रसायनद्वारा निर्मित स्यानिटाइजर बिक्री वितरण भइरहेको पाइएको छ।
शनिबार एक सूचना जारी गर्दै औषधी व्यवस्था बिभागले केहि कम्पनीद्वारा उत्पादन गरि बजारमा ल्याईएका हेण्ड स्यानिटाईजरले मानब स्वास्थ्यमा गम्भिर असर पर्ने बताएको छ ।
विभागको सूचना अनुसार नेपाल कायाकल्प उद्योग भक्तपुर, हाइजेन सोप एण्ड केमिकल उद्योग काठमाडौं, आधार केमिकल्स एण्ड फुड ईण्डस्ट्रिज प्राली काठमाडौं, सर्च केम कम हर्बल प्रोडक्स, काठमाडौं तथा सूर्यमुखि हर्बल प्रोडक्सद्वारा उत्पादन भएका बिभिन्न ब्रण्डका हेण्ड स्यानिटाईजरहरुको प्रयोशाला परिक्षणमा विषाक्त रसायनको प्रयागे गरिएको पाईएको हो ।
कोरोना भाईरको विश्वव्यापी माहामरी फैलिएसंगै बिभिन्न प्रकारका स्यानिटाईजर उत्पादन गर्ने कम्पनीहरु छ्याप छ्याप्ति खुलिरहेको बेला विभागले त्यस्ता हेण्ड स्यानिटाईजरहरुको उत्पादन तथा बिक्रि बितरण रोक्का राख्न भनेको छ । 
