आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३१, २०८०
  • 178
    SHARES

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।‌ मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय जानकी रेग्मी अधिकारी रहेकी छन्।

 

उनको शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु भएको हो । उनका ससुरा तिलक‌ अधिकारीका अनुसार जानकी २९ गते अस्पतालमा भर्ना भएकी थिइन्‌। अस्पतालमा भर्ना पश्चात् उनले शुक्रबार नै प्रसूति वार्डमा छोरा जन्माएकी थिइन् ।

तिलक भन्छन्(‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यति बेलासम्म अवस्था सामान्य थियो । छोरालाई दूध समेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासि बेहोस भइन्, अनि उनलाई आइसियुमा राखियो । शनिबार उनलाई अस्पतालले एक्कासि मृत घोषणा गर्यो ।’

बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको पीडितहरूको बुझाइ छ । बच्चा अहिले आइसीयुमै छ ।

प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैमा विडम्बना हो, उनले रातोपाटीसँग भने,के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म भनेको छैन ।

उनका अनुसार अस्पतालले आफूहरूलाई नयाँ घटना भएको र आफूहरू पनि अचम्मित भएको जवाफ दिएको छ ।

अहिले पीडितहरू अस्पतालमा छन् । शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए । मृत्युको कारण भने अहिलेसम्म अस्पतालले दिएको छैन ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने‌ घटनाको विषयमा समीक्षा हुन लागेको बताए । यद्यपि कारणबारे भने उनले आफूलाई जानकारी नरहेको बताए । समीक्षापछि मात्र घटनाबारे थाह हुने उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)