मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल भारत मानव विकास एवं मैत्री संघले सूदुरपश्चिम प्रदेशकालागी अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गरायो


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 990
    SHARES

नेपाल भारत मानव विकास एवं मैत्री संघले सूदुरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

संघले बिहीबार कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि दुई सय थान पीपीइ सहित आवश्यक स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको छ । सूदुरपश्चिम प्रदेशको समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानी मन्त्री बिना मगरलाई सहरी राज्य मन्त्री रामवीर मानन्धर सहित नेपाल भारत मानव विकास एवं मैत्री संघका पदाधिकारीहरुले उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सामग्री ग्रहण गर्दै खानेपानी मन्त्री मगरले सूदुरपश्चिममा देखिएको अवस्थालाई मध्यनजर गरेर आवश्यक समन्वय भइरहेको र उपलब्ध भएका सामग्रीहरु छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो ।

सहरी विकास राज्य मन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैलाई सहयोग गर्न आव्हान गर्नुभयो । संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीइ कोरोना उपचारमा उपयुक्त रहेकोले आफुहरुले सहयोग गरेको बताउनुभयो । उहाँले सहयोग गरिएका सामग्रीहरुमा मास्क, सुकभर, क्याप्स, गगल्स, फेससिल, स्यानिटाइजर, पञ्जा, एप्रोन लगायत रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)