शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कुल जनसंख्याको ५.२२% नेपालीमा नसर्ने रोग, कुन राेगका बिरामी कति ?


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ६, २०८०
  • 121
    SHARES

काठमाडाैं। नेपालमा नसर्ने रोगबाट प्रभावितको संख्या उच्च देखिन थालेको छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७९/८० मा मात्रै नसर्ने रोगका १५ लाख २१ हजार ३६ बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेका थिए, जुन कुल जनसंख्याको ५.२२ प्रतिशत हो ।

अस्वस्थ जीवनशैली र खानपान मुख्य कारक मानिने नसर्ने रोगबाट पीडितहरूको बढ्दो संख्या हेर्दा बर्सेनि अवस्था भयावह बन्दै गएको देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नसर्ने रोगहरूमध्ये उच्च रक्तचापको समस्याबाट प्रभावितको संख्या सबैभन्दा धेरै छ । ०७९/८० मा ६ लाख ३० हजार दुई सय ५६ जना यसबाट प्रभावित भएका थिए ।

दोस्रोमा मधुमेहबाट पीडित हुने धेरै देखिएका छन् । मधुमेहबाट तीन लाख १२ हजार तीन सय ४२ जना पीडित भई अस्पताल पुगेको देखिन्छ । त्यसपछि श्वासप्रश्वाससम्बन्धी समस्याबाट एक लाख ८५ हजार आठ सय ४७ जना, आज्माबाट एक लाख २९ हजार पाँच सय एकजना प्रभावित भई अस्पताल पुगेको तथ्यांकमा उल्लेख छ ।

क्यान्सरबाट ६७ हजार तीन सय ८२ जना, कार्डियोभास्कुलरसम्बन्धी समस्याबाट १९ हजार दुई सय ६२ जना, मिर्गौलासम्बन्धी समस्याबाट २४ हजार पाँच सय ३७ जना प्रभावित भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसबाहेक नौ हजार नौ सय ८४ जना रेयुम्याटिक मुटुरोगबाट, पाँच हजार पाँच सय ५१ जना स्ट्रोकबाट, पाँच हजार नौ सय २२ जना हृदयाघातबाट र सिकलसेललगायतका रगतसम्बन्धी रोगबाट ६ सय ६५ जना प्रभावित भएको विभागको तथ्यांक छ । यसै वर्ष मानसिक समस्याबाट पीडितको संख्या ५५ हजार आठ सय ५३ थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)