भक्तपुर । भक्तपुुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार दुुई दिन कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रले नेपालमै पहिलो पटक पुुस २७ गते शुुक्रवार र पुस २८ गते शनिवार लगातार दुुई दिन दुुई जनाको कलेजो प्रत्यारोपण गरेको हो । यो संगै केन्द्रमा हालसम्म १८ जनाको कलेजो प्रत्यारोपण गरिएको छ ।
कार्यकारी निर्देशक एवं बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले २०८० सालमा मात्र १० जनाको कलेजो र एक सय ३८ जनाको मृर्गौला प्रत्यारोपण गरि सकेको छ । त्यसैगरी केन्द्रले एक हजार एक सय ८१ जनाको मृर्गौला प्रत्यारोपण गरिसकेको छ ।
संसारभर नै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण केन्द्रले सबैभन्दा सस्तो र गुणस्तरीय सेवा दिदै आएको छ । केन्द्रले जिवित अंगदाताका अलवा मस्तिष्क मृत्यू पश्चात हुने अंगदानबाट प्राप्त हुने अंग प्रत्यारोपण गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।
