बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेका व्यक्तिको व्यवस्थापन गर्न तर्फ:बाबुराम भट्टराई


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 415
    SHARES

काठमाडौ,१७ असोज। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्न तर्फ केन्द्रित भएको बताउनुभएको छ । अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधान भन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको उहाँले बताउनुभयो । विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

 

जनता समाजवादी पार्टीका नेता समेत रहनु भएको पूर्व प्रधानमन्त्री भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताउनुभयो । महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको उहाँले बताउनुभयो । उहाँले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको बताउनुभयो ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु कोभिडको बाहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनसनमा रहेका छन । उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिडको महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवि पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताउनुभयो । सरकारलाई सचेत गराउन श्रमजीवि पत्रकारुले गरेको जस्तो मिहेनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफु लज्जित रहेको समेत भट्टराईले बताउनुभयो ।

कोभिडलाई बाहाना देखाउँदै जवरजस्ती निकालिएका कर्मचारीलाई निःशर्त पूनर्वाहली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जवरजस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु आन्दोलित भएका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }