मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन जारी राख्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ४, २०८०
  • 241
    SHARES

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले काँग्रेस नेतृत्वको सूदुरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।

सो पार्टीको संसदीय दलको बैठकले नेपाली काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको हो ।

आज बसेको बैठकमा नाउपाका ५ जना प्रदेश सदस्यहरु सहभागी थिए । २ जना भने अनुपस्थित भएका थिए ।

नाउपाले संघीय सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपनि प्रदेशमा भने काँग्रेस नेतृत्वको पुरानै गठबन्धनलाई समर्थन जारी राखेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)