सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला आजबाट सुरु


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २५, २०८१
  • 315
    SHARES

रसुवा- रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला आजबाट सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदा देखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा गंगा दशहरा मेला लाग्ने गर्दछ ।

मेला सुरु भएसँगै तीर्थयात्रीहरूको आवागमन सुरु भएको छ । मेला १० दिनसम्म सञ्चालन हुनेछ । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती छ ।

कुण्डमा स्नान गरी गोसाइबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनि हजारौ हजार भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्वदेश तथा विदेशबाट वर्षेनी हजारौ तीर्थयात्री आउने गरेका छन् । १०८ कुण्ड रहेको रसुवामा वर्षेनी हजारौको संख्यामा तीर्थालु भक्तजन आउने गरेका छन् ।

समुद्री सतहदेखि ४हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गंगा दशहरा र जनैपूर्णिमामा गरी दुईपटक मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)