सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतीमा पहिलो पटक कांग्रेसले नेतृत्व गर्दै

मुख्यमन्त्री बन्दै काँग्रेसका बहादूर सिं लामा


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ८, २०८१
  • 168
    SHARES

मकवानपुर- नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेश गर्नुहुने भएको छ ।

नेकपा एमालेका २७ सांसद र नेपाली काँग्रेसका ३७ सांसदको हस्ताक्षर सहित नेता लामाले प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुहुने भएको छ । १ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ । जुन सहज रुपमा पुग्छ ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । मुख्यमन्त्रीको दाबी पेशका मंगलबार बिहान ११ बजे प्रदेश प्रमुखकहाँ जाने नयाँ सत्ता समिकरणका दुई दलको तयारी छ ।

पहिलो पटक सरकारको नेतृत्वमा कांग्रेस

बागमती प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पहिलो पटक सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । नयाँ सत्ता समिकरणमा भएको सहमती अनुसार बागमती प्रदेशमा कांग्रेसले सरकार बनाउने भएको हो ।

काँग्रेस संसदीय दलका नेता बहादुर सिं लामा बागमतीको मुख्यमन्त्री बन्नुहुने भएको छ । देश संघीयतामा गएपछि वागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको हो ।

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्री बन्दै हुनुहुन्छ । यसभन्दा अघि नेकपा एमालेले २ पटक, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक–एक पटक प्रदेशको नेतृत्व गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)