शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हरायो


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०७७
  • 477
    SHARES

दुबई।    इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको खेलमा एबी डी भिलियर्सको बिस्फोटक ब्याटिङको मद्दतले रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

भिलियर्सले २२ बलमा ५५ रन बनाएका थिए । उनले १ चौका र ६ छक्का प्रहार गरेका थिए । उनी म्यान अफ दी म्याच समेत घोषित भए ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले ६ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । राजस्थानका लागि रविन उथप्पाले ४१, कप्तान स्टिभन स्मिथले ५७, जस बटलरले २४ तथा राहुल तेबतीयाले १९ बनाएका थिए ।

जितका लागि १७८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २ बल बाँकी छँदै १९.४ ओभरमा ३ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

बैंगलोरका लागि देवदत्त पाडीकलले ३५, कप्तान विराट कोहलीले ४३, आरोन फिन्चले १४ तथा गुरकिरात सिंहले अविजित १९ रन बनाएको थियो

यो जितसँगै आरसिबीले ९ खेलबाट १२ अंक बटुल्न सफल भएको छ । अंक तालिकामा बैंगलोर तेस्रो स्थानमा छ ।

राजस्थान भने ६ अंक सहित सातौं स्थानमा छ । आइपिएलमा कूल ८ वटा टिमले भाग लिएका छन् ।

                                                                  अंक तालिका

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)