शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राखेपका नवनियुक्त बोर्ड सदस्यहरुद्वारा शपथ


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक ३, २०७७
  • 438
    SHARES

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

मन्त्रीपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद संघको सिफारिसमा रेणुका श्रेष्ठ तथा सुवर्णाकेशरी श्रेष्ठलाई मनोनित गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्यहरु कुनै न कुनै भूमिकामा खेल क्षेत्रसंग सम्बन्धित भएकाले खेल क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्दै नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न उहाँहरुको योगदान महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

सोही अवसरमा डिएन घिसिङद्वारा लिखित खेल जीत मनोविज्ञान पुस्तकको पनि मन्त्री विश्वकर्माले विमोचन गरेका थिए । शपथपछि मन्त्री विश्वकर्माले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाललगायतका पदाधिकारीको उपस्थितिमा नवनियुक्त सदस्यहरुसंग छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)