शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैन: डेपुटी गभर्नर मिश्र


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १२, २०८१
  • 110
    SHARES

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । उहाँले अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताउनु भयो ।

उहाँले पछिल्लो समय बैंकहरुको एनपीए वृद्धि हुँदै जानु गम्भिर विषय भएको उल्लेख गर्नुभयो । उहाँले व्यवसायीहरुको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको बताउनु भयो । उहाँले साढे ११ र १२ प्रतिशत (६५४ अर्ब) को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भएपनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिनुभयो । उहाँले सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको ब्यालेन्ससिट प्रकाशित भएको छ । बैंकहरुको एनपीए वृद्धि भएको छ । कसरी वृद्धि भयो त्यो विषयमा गम्भिर हुन जरुरी छ । विजनेश कन्फिडेन्ट कमजोर भएको अवस्था छ । लगानी भइरहेको छैन । कर्जा वृद्धि भइरहेको छैन । साढे ११ र १२ प्रतिशत भनेर ६५४ अर्बको कर्जा बढाउँछौं भनेर मौद्रिक नीतिमा लेख्यौं । पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार नहुने देखिएको छ ।

सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नु पर्ने अवस्था भएपनि नहुने अवस्था देखिन्छ । यो नहुनुमा स्थानीय,राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोताको मागमा कमी भएको अवस्थाको कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न सकिरहेका छैनन् । राष्ट्र बैंकले वित्तीय क्षेत्र स्थायीत्वको लागि महत्वपूर्ण एजेण्डाको रुपमा लिएको छ । त्यसैको कारण विभिन्न ठूला संकट आउँदा पनि वित्तीय क्षेत्रलाई सवल बनाइ राख्न सफल भएका छौं ।’  

उहाँले स्थानीय,राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न नसकेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)