शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १०, २०८१
  • 150
    SHARES

काठमाडौँ – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको हो । उहाँकाअनुसार सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलका सदस्यहरुको भ्रमण स्वीकृत गरेको छ ।

उहाँले भन्नुभयो, ‘मन्त्रीपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई मनोनित गरेको छ । 
सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा मान्य परराष्ट्रमन्त्री आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलको जुन जुन सदस्य हुनुहुन्छ, चीनको भ्रमणको स्वीकृति प्रदान भएको छ ।’
प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको भ्रमण गर्दै हुनुहुन्छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)