शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ई सेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दीपेन्द्र सिंह ऐरीको निरन्तरता


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १७, २०८१
  • 169
    SHARES

काठमाडौँ। नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ई सेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ।

विगत एक वर्षदेखि ई सेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। यही मङ्सिर १४ गते एक कार्यक्रमबिच ई सेवा मनि ट्रान्सफरको प्रधान कार्यालय पुलचोक, ललितपुरमा कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र दीपेन्द्र सिंह ऐरीबिच पुन  ब्रान्ड प्रवर्द्धक  सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

कार्यक्रममा ब्रान्ड प्रवर्द्धक दीपेन्द्र सिंह ऐरीले ई सेवा मनि ट्रान्सफरसँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। सम्झौताअनुसार ऐरीले ई सेवा मनि ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्रान्ड प्रवर्द्धक’ को रूपमा कार्य गर्ने छन् ।

ई सेवा मनि ट्रान्सफरका  प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका  प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए।

सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त ई सेवा मनि ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। ई सेवा वालेट, बैङ्क तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूको माध्यमबाट सेवा दिने यो कम्पनी, एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो। जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)