शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २, २०८१
  • 79
    SHARES

काठमाडौं – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत वहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको थियो ।

छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपालको बदलिंदो व्यवसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोंच र दृढताले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मुलुकमा उद्यमीहरुका लागि धेरै अवसर रहेको भन्नुहुँदै उहाँले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीहरुलाई सुझाव दिनुभयो । स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यवसायिक जिवनमा सफलता हासिल हुने उहाँले बताउनुभयो ।

परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवालले व्यवसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरुको सामना गर्नुपर्ने अनुभव सुनाउनुहुँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेपनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको उहाँले बताउनुभयो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताउनुभयो । उहाँले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको बताउनुभयो ।

सीएनआईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरुको अनुभव, भोगाई र सिकाई युवा उद्यमीहरुका लागि महत्वपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरुको प्रबद्र्धनका लागि विभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)