जनकपुरधाम – नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैङ्क (एडिबी) र नेपाल सरकारबिच सहकार्य ५ दशक पुगेको अवसरमा काठमाडौँ र मधेस प्रदेश जनकपुरधाममा क्रमशः मङ्सिर १८ देखि २४र२७देखी पुस ३गते सम्म सप्ताहव्यापी फोटो प्रदर्शनी सम्पन्न भएको छ । एसियाली विकास बैङ्क र फोटो पत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मङ्सिर १८ देखि २४ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहल र जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मङ्सिर २७देखी पुस ३गते सम्म चलेको थियो ।
प्रर्दशनीको अन्तिम दिन अवलोकन गर्न मधेस प्रदेशका ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव पुगेका थिए । अवलोकन पछि बोल्दै मन्त्री यादवले फोटो प्रदर्शनी राम्रो र सन्देश मूलक रहेको बताए । एडिबीले नेपाल सरकार सँगको सहकार्यमा विधुत विकासमा गरेको कार्यहरू र त्यसबाट आम नेपालीको आर्थिक र सामाजिक परिवर्तनमा पारेको प्रभावका बारेमा यथार्थ चित्रण प्रर्दशनीले देखाउन सकेको बताए । मधेस प्रदेशको विकासमा एडिबीको सहयोगमा धेरै परियोजनाहरू सञ्चालनमा रहेको र आगामी दिनमा सोलर इनर्जीको विकास र बिस्तारमा सहकार्य गर्न प्रदेश सरकार र आफ्नो मन्त्रालय इच्छुक रहेको मन्त्री यादवले बताउनुभयो ।
काठमाडौँ र जनकपुरमा भएको प्रदशनीले नेपाल सरकार सँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एसियाली विकास बैङ्क (एडिबी)को योगदानलाई प्रत्यक्ष रूपमा केन्द्र र प्रदेशका सरकारको जिम्मेवारी बहन गरेका उच्च पदस्थ, निजी क्षेत्रका उद्यमी, देखी आम सर्वसाधारण सम्मले जानकारी पाउन मद्दत पुगेको फोटो पत्रकार क्लबका अध्यक्ष काफ्लेले बताए ।
फोटो प्रदर्शनीमा नेपाल सरकार र एडिबीबिच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भए गरेका कार्य र विकासहरूलाई दृश्यमार्फत आम नेपाली माझ पुर्याउन सफल भएको काफ्लेको भनाई थियो । फोटो प्रदर्शनीमा उत्पादन, प्रसारण, वितरण र ’बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको थियो ।





????????????????????????????????????
