शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सहकारी ठगीको आरोपमा पूर्वप्रदेशसभा सदस्य मीना गुरुङ पक्राउ


  • माउन्टेन खबर
  • बुधबार, पुस १०, २०८१
  • 317
    SHARES

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ परेकी छन् । गुरुङलाई हिजो प्रहरीले पोखरास्थित घरबाटै पक्राउ गरेको हो । उनी अघिल्लो चुनावमा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।

अब आवश्यक कारबाही प्रक्रियाका लागि उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्ति र संस्था गरी ६३ जनाविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)