सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाँचौँ अकिआस खुल्ला फुटसलको उपाधि नुवाकोटको सुर्यगढी नव युवा क्लबलाई


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ८, २०८१
  • 132
    SHARES

रसुवा – पाँचौँ अकिआस खुल्ला फुटसल कप २०८१ को उपाधि नुवाकोटको सुर्यगढी नव युवा क्लबले आफ्नो नाममा पार्न सफल भएको छ।

शैक्षिक,ज्ञानी,बौद्धिक र प्रज्वलित समाज (अकिआस) संस्थाको आयोजनामा “पाँचौँ अकिआस फुटसल प्रतियोगिता” मगंलबार सम्पन्न भएको छ ।

उक्त फाइनल खेलमा सुर्यगढी १–० गोल अन्तरले रसुवा डाँडा गाउँको रेड पान्डालाई पराजित गरेको हो । साथै जिल्लाकै सर्वाधिक राशिको फुटसल प्रतियोगिताको फाइनल खेल धुन्चे स्थित बाल मन्दिर प्राङ्गणमा माघ ४ गते देखि सञ्चालन भएको थियो, जहाँ सुर्यगढीले उत्कृष्ट प्रदर्शन गर्दै रेड पान्डालाई पराजित गर्न सफल भएको हो।

 

फाइनल खेलमा दुवै समूहका खेलाडीहरूले आक्रामक र समन्वयपूर्ण खेल प्रदर्शन गरे। प्रतियोगितामा कुल १९ टिमहरूको सहभागिता रहेको थियो। विजेता टिम सुर्यगढी नव युवा क्लबले ट्रफी,मेडल र प्रमाणपत्र सहित दुई लाख दुई हजार दुई सय बाइस रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छ भने उपविजेता रेड पान्डाले ,मेडल र प्रमाणपत्र सहित एक लाख एक हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

 

समारोहमा प्रमुख अतिथि संविधान सभा सदस्य माननीय ई मोहन आचार्यले खेलकुद क्षेत्रको विकासको लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो।

जिल्लाभित्र छरिएर रहेका खेलप्रेमी युवाहरूलाई एकैथलोमा ल्याएर अध्ययनलाई निरन्तरता दिई खेलकुदको माध्यमबाट अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजक अकियासका अध्यक्ष निवेश श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि खेललाई निरन्तर अगाडि बढाइने अध्यक्ष श्रेष्ठले बताए । साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।

 

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि सहित प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, नौ कुण्ड गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष,मध्यवर्ती बनका अध्यक्ष,जिल्ला खेलकुद विकास समिति अध्यक्ष सहित नेपाल पहरी,सशस्त्र पहरी बल ,शिक्षक शिक्षाका, विद्यार्थीहरू लगायत पत्रकारको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)