शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

होटल सङ्घ नेपाल श्रम मन्त्रालयबाट सम्मानित


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १२, २०८२
  • 371
    SHARES

 

काठमाडौँ – काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजकलाई सम्मान गर्ने क्रममा होटल सङ्घ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कदर पत्र सहित सो राष्ट्रिय सम्मेलनको प्रतीक चिन्हबाट सम्मानित गर्नुभयो ।

होटल सङ्घ नेपालले रोजगारी सृजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरी स्वदेशमै रोजगारीका लागि अभिप्रेरित गर्ने खालका विभिन्न क्षमता अभिवृद्धि तालिम तथा सिक्दै कमाउँदै २४ महिने तालिम सञ्चालन गरी उक्त रोजगार मेलालाई टेवा पुु¥याए बापत उक्त कदर पत्रले सम्मान गरेको सङ्घका अध्यक्ष विनायक शाहले बताउनुभयो ।

अध्यक्ष शाहले हालै नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा होटल उद्योगमा प्राविधिक क्षेत्रमा के कस्ता तालिम आवश्यक छ सोको निश्चित गरी पाठ्यक्रम तयार गर्दै तालिम आयोजना गरिने पनि उक्त अवसरमा बताउनुभयो ।

साथै उहाँले आन्तरिक रोजगारी अभिवृद्धिमा होटल सङ्घ नेपालले आफ्ना देशैभरि छरिएर रहेका होटल प्रतिष्ठान मार्फत उल्लेखनीय रूपमा रोजगारी सृजना गर्न सक्ने पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)