मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • माउन्टेन खबर
  • आइतवार, असार १, २०८२
  • 177
    SHARES

सिमकोट –  सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै बिरामीको उद्धार गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । वडा नं १ देखि ८ का स्याडा, याङ्गु, खोल्सीलगायत बस्तीमा गाउँपालिका केन्द्रसँग सडक नजोडिएको भए पनि अन्य सातवटै वडा सडक सञ्जालमा जोडिएका छन् । अब बिरामीलाई अस्पताल पुुर्याउन सहज हुने उहाँले बताउनुभयो । यसअघि गाउँपालिकासँग यस्तो सुविधा थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)