शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै


  • माउन्टेन खबर
  • मङ्लबार, असार १७, २०८२
  • 215
    SHARES
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो समय विकसित घटनाक्रम र विवादका विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिको निगरानीमा गत मे ३–४ मा काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले यो सम्मेलन आयोजना गर्न लागेको हो।

अध्यक्ष श्रेष्ठका अनुसार, पत्रकार सम्मेलन बुधबार नेपाली समयअनुसार बेलुका ६ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ। यो सम्मेलनको मुख्य उद्देश्य पछिल्लो समय एनआरएनएभित्र देखिएको विवाद र अवैधानिक गतिविधिबारे स्पष्ट धारणा राख्नु रहेको छ।

एनआरएनए प्रवक्ता गंगाधर गौतमका अनुसार, बदी केसी नेतृत्वको समूहले अवैधानिक रूपमा बालुवाटारस्थित एनआरएनएको सचिवालय कब्जा गरेको र विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई फुटाउने उद्देश्यले निर्वाचित कार्यसमितिहरू भंग गर्ने कार्य गरेको छ। यस्ता गतिविधिले विश्वभर रहेका नेपाली समुदायमा भ्रम सिर्जना गरेको भन्दै गौतमले यस्ता कार्यप्रति आइसीसीको कडा आपत्ति रहेको बताए।

“केसी नेतृत्वको समूहले गरेको एनसीसी भंग गर्ने कथित  निर्णयलाई हाम्रो कार्यसमितिले मान्यता दिँदैन,” गौतमले भने, “उक्त पत्र खारेज गरिएको छ र हामी विश्वभरका नेपालीहरूलाई भ्रममा नपार्न आग्रह गर्छौं।” उनले थपे, “हाम्रो कार्यसमिति वैधानिक रूपमा निर्वाचित छ र हामी एनआरएनएको एकता र उद्देश्यप्रति प्रतिबद्ध छौं।”

यो पत्रकार सम्मेलनमार्फत श्रेष्ठ नेतृत्वको कार्यसमितिले एनआरएनएभित्रको पछिल्लो अवस्था, अवैधानिक गतिविधि, र संगठनको भावी योजनाबारे जानकारी गराउने अपेक्षा गरिएको छ। साथै, विश्वभर रहेका एनसीसीहरूलाई एकताबद्ध राख्न र नेपाली डायस्पोराको हितमा काम गर्न आफ्नो प्रतिबद्धता दोहोर्याउने योजना रहेको प्रवक्ता गौतमले बताए।

गैर आवासीय नेपाली संघ (एनआरएनए) विश्वभर छरिएर रहेका नेपालीहरूको साझा मञ्च हो, जसले नेपाली डायस्पोरालाई एकताबद्ध गर्दै नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पुर्याउँदै आएको छ। हालैका विवाद र नेतृत्वको विषयले संगठनको एकता र प्रभावकारितामा प्रश्न उठेका छन्। यो पत्रकार सम्मेलनले ती प्रश्नहरूको जवाफ दिने र संगठनको वैधानिक नेतृत्वले आफ्नो अडान स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)