शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वरिष्ठ हास्य कलाकार गजुरेल कोरोना संक्रमण मुक्त


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ३०, २०७७
  • 411
    SHARES

काठमाडौं । नेपालका वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् । उनले सामाजिक  सन्जालमार्फत् आफ्नो कोरोना संक्रमण परिक्ष रिपोर्ट निगेटिभ आएको बताएका छन् ।

गजुरेल सामाजिक सन्जालमा दिएको जानकारी:-

‘धन्यवाद तथा आभार 🙏 ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।  यस क्रमममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखी नै धन्यवाद 🌷 सकेसम्म यो महमारीबाट आफू जोगिऔँ । अरुलाई पनि जोगाऔँ
। दिपावलीको सबैलाई शुभकामना ।’

गत कात्तिक १० गते उनले कोरोना संक्रमण परिक्षण गराउँदा उनमा कोरोना पोजिटिभ देखिएको थियो। उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)