शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

बुधबार थप एक हजार ४सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

भाइरस सङ्क्रमणबाट १२ जनाले ज्यान गुमाए


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ३, २०७७
  • 844
    SHARES

काठमाडाैं।  पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

छ हजार ७३१ नमूना परीक्षण गर्दा ९०८ पुरुष र ५३४ महिलामा गरी कूल एक हजार ४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । २४ घण्टामा तीन हजार ५३८ जना कोरोनामुक्त  भएका छन् । हालसम्म एक लाख ८२ हजार ७८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन कूल सङ्क्रमितको ८५.८ प्रतिशत हो । अठ्ठाइस हजार ८७८ सक्रिय सङ्क्रमित छन् ।

सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४२१ जना होम आइसोलेसनमा छन् भने ३२६ जनाको आइसियु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपालञ्चोक, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मनाङमा सक्रिय सङ्क्रमित छैनन् ।

बितेको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)