शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिकमा सहभागि हुने नेपाली कराते टोलीका खेलाडीहरुलाई खेल सामग्री प्रदान


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ९, २०७७
  • 715
    SHARES

काठमाडौं।  टोकियो ओलम्पिकमा सहभागि हुने नेपाली कराते टोलीका खेलाडीहरुलाई खेल सामग्री प्रदान गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी कराते टोलीका दुई खेलाडी र एक जना प्रशिक्षक गरी तीन जनालाई खेलसामग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहभागित कार्यक्रममा विनोद महर्जन र रवि महर्जनले केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग प्रदान गर्नुभयो ।

कोभिडको समयमा कुनै पनि खेलकुद प्रतियोगिताहरु सञ्चालन हुन नसकेको अवस्थामा खेलाडीहरुलाई भएको सहयोग र प्रोत्साहनले ठूला हौसला प्रदान भएको प्रशिक्षक दीपक श्रेष्ठले बताउनुभयो ।

खेलाडीहरु नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई सामग्री प्रदान गरिएका हो । महर्जनले ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामाग्री प्रदान गर्नुभयो । उहाँ ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष समेत हुनुहुन्छ । यस्तै रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गर्नुभयो । उहाँ आठौं दक्षिणकाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)