शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

केन्द्रीय बैंकको कारबाहीमा परे दुई बैंक


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २५, २०८२
  • 252
    SHARES

काठमाडौं –  नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले ती दुई बैंकलाई नियामकीय पालना अवज्ञा गरेको भन्दै कारबाही गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केन्द्रीय बैंकले कुमारी बैंकलाई कालोसुची सम्बन्धी नियमको पालना नगरेको भन्दै कारबाही गरेको छ ।

कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था विपरित बैंकले काम गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम सचेत गराइएको छ ।

साथै चालु आवको पहिलो त्रैमासमा केन्द्रीय बैंकले प्राइम कमर्सियल बैंकलाई पनि कारबाही गरेको छ । केन्द्रीय बैंकको निरीक्षणका क्रममा प्राइमले केही कर्जालाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, केही कर्जालाई कर्जा बक्यौता अवधिको आधारमा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाको जोखिम भार गणना गर्दा तोकिए अुसार नगरेको पाइएको छ ।

नियामकिय पालना नगरे पनि प्राइम कमर्सियल बैंकलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ । साथै क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ अनुसार केही कर्जाको जोखिम भार गणना नगरेको पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)