शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मौलाकाली केवालकार पुनःसंचालन


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ९, २०८२
  • 171
    SHARES

पूर्वी नवलपरासी – पूर्वी नवलपरासीको गैडाकोटमा अवस्थित मौलाकाली केवलकार शनिवार देखि पुनः संचालनमा आएको छ । गत भदौ २५ गतेदेखि बन्द रहेको केवलकारको सेवा दुई महिनाभन्दा लामो समय पछि पुनः सूचारु भएको हो ।

भदौ २४ गतेको जेन-जी आन्दोलमा तोडफोड र आगजनीका कारण केवलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षति ग्रस्त भएपछि केवलकारको सेवा बन्द भएको थियो । केवलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरु आई केवलकार पुनर्निर्माण गरेका हुन् ।

पुनर्निर्माण पछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टिमले लामो समय चेकजाँच गरेपछि केवलकार संचालनमा आएको मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताउनुभयो ।

केवलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको पाइएको छ .।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)