शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टाटा टियागो.इभि मा अहिलेसम्मकै आकर्षक अफर घोषणा


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १६, २०८२
  • 112
    SHARES

काठमाडौं –  टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा टियागो.इभि का लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै “Greatest Offer of All Time” अफर घोषणा गरेको छ। विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।

यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, iPhone 17 Pro Max, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् । योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन्। यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो.इभि आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बन्न सफल भएको छ। किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो.इभि सुरूवाती मुल्य २७ लाख ४९ हजार रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)