शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १८, २०८२
  • 201
    SHARES

ललितपुर-  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ।

सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार शाक्यलाई बुधबार ललितपुरको जावलाखेलबाट नियन्त्रणमा लिइएको हो।

 

शाक्यमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुग्ने प्रकारका गतिविधिमा संलग्न भएको आरोप लागेका कारण अनुसन्धानका लागि पक्राउ गरिएको सिआइबीले जनाएको छ।

यसअघि सोही घटनामा संलग्नता रहेको ठहर गर्दै सिआइबीले प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई समेत पक्राउ गरिसकेको छ।

पक्राउ परेकामाथि बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)