शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टिक्मो (Tiqmo)मार्फत आइएमई गरौ, उपहार जितौं


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २९, २०८२
  • 255
    SHARES

काठमाडौं-नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले ‘टिक्मो मार्फत आइएमई गरौ, उपहार जितौं’  योजना  सार्वजनिक गरेको छ। यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालन मा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो (Tiqmo)एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर  रहेको छ।

टिक्मो (Tiqmo) एप मार्फत साउदी अरवबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरष्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले BYD Atto 1 EV   प्राप्त गर्न सक्नेछन् भने मासिक  दुईजना भाग्यशाली विजेताले Yadea Owin EV  स्कुटर जित्न सक्नेछन् साथै  साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले iPhone 17  जित्न सक्नेछन्। (Tiqmo) को यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली ब्यक्ति लावान्भित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिनेछ।

वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफुले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन्। पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिदै गएको छ। वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी   कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।

(Tiqmo) मुख्यतया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि लोकप्रिय छ। यसका मुख्य विशेषताहरू अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, डिजिटल रकम भुक्तानी कार्ड, बिल भुक्तानी इत्यादि हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)