शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्थानीय पुँजीलाई लगानीमा रूपान्तरण गर्न आवश्यक:अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • बुधबार, माघ १, २०८२
  • 94
    SHARES

बेनी-  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय पुँजीलाई उद्यमशील क्षेत्रमा लगानीको रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यमविकास समितिको आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको ‘११औँ माघे सङ्क्रान्ती मेला’, खाना महोत्सव एवं कृषि मेलाको उद्घाटन गर्दै अध्यक्ष ढकालले भन्नुभयो, “‘हामीले घरेलु पुँजीकै उपयोगबाट धेरै ठूला आयोजना सम्पन्न गर्न सक्छौँ, त्यसका लागि मुख्यगरी सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण जरुरी हुन्छ ।’’

 

पर्यटन, जलविद्युत्, खानी, लघुउद्यमलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै उहाँले म्याग्दीका उद्यमी व्यवसायीले सामूहिक रूपमा उद्यमशील योजना अघि बढाएमा आफूलेसमेत लगानी गर्न तयार रहेको बताउनुभयो ।

मेला महोत्सवले स्थानीय उत्पादनलाई उपभोक्ता सामु पु¥याउन र प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने गरेको अध्यक्ष ढकालले बताउनुभयो ।

माघ ३ गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा विभिन्न किसिमका प्रतियोगिता सञ्चालन हुने महिला उद्यमविकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)