शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ३, २०८२
  • 214
    SHARES

काठमाडौँ –  नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा सात सय र चाँदीको एक सय ६० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई ७७ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको भाउ यसअघि बिहीबार प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च पुस ३० मा प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ पुगेको थियो ।

यता, बिहीबार प्रतितोला पाँच हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर शुक्रबार पाँच हजार छ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि हालसम्मकै उच्च पुस ३० मै प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)