मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा काँग्रेसका मोहन आचार्य नै बलियो


  • माउन्टेन खबर
  • आइतवार, माघ १२, २०८२
  • 560
    SHARES

रसुवा – पेशाले इन्जिनियर  मोहन आचार्य रसुवामा स्थापित राजनिज्ञ हुन्। रसुवाको समग्र विकासमा क्रियाशिल आचार्यले यस अधिका आफना कार्यकालमा रसुवाको विकासका लागि धेरै योजनाहरु अगाडी बढाएका छन्।

ती योजनाहरु कतिपय कार्वान्यन भैसकेका छन् भने कतिपय कार्वान्यनको चरणमा रहेका छन्।

काँग्रेसको केन्द्रिय सदस्य समेत रहेका आचार्यले रसुवाबाट यस अधि दूईपटक प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरिसकेका छन्।

२०७९ मा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा दोस्रो पटकनिर्वाचित हुदाँआचार्यले नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाएका थिए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ रहेको थियो।

त्यस अधि २०७४को निर्वाचनमा पनि आचार्यले एमालेका जनार्दन ढकाललाई पराजित गरेका थिए। ।आचार्यले १४ हजार ४५३मत प्राप्त गर्दा  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनार्दन ढकालले १० हजार २७८ मत प्राप्त गरेका थिए।

२०४८ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति यात्रा आरम्भ गरेका कांग्रेसका जिल्ला स्तरका विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका नेता हुन् । २०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य रहेका उनी २०७८ मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

४९ वर्षीय आचार्य पेशाले इन्जिनियर हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)